शुक्रबार प्रतितोला २ सयले घट्यो सुन

काठमाडौं । सुनको मुल्यमा हिजोदेखी लगातार ओरालो लागिरहेको छ । १ सातापछि कारोवार भएको सुन हिजो बिहीबार १ हजारले घटेको थियो भने शुक्रबार तोलामा २ सयले घटेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार बिहीबारको तुलनामा तोलामा २ सयले घटेको छ ।
१ सतामा ५ रुपैयाले घटेको चाँदीको भाउ भने शुक्रबार स्थिर रहेको छ । अन्र्तराष्ट्रिय बजारमा पनि सुनको भाउमा सामान्य गिरावट देखिएको छ ।