यस साता सुनको मूल्य २ दिन ३६ सयले घट्यो, ३ दिन १६ सयले बढ्यो « Arthapath.com
२३ असार २०८२, सोमबार

यस साता सुनको मूल्य २ दिन ३६ सयले घट्यो, ३ दिन १६ सयले बढ्यो



काठमाडौं । यस साता छापावाल सुनको मूल्यमा तोलामा १६ सय रुपैयाँले बढेको छ भने ३६ सय रुपैयाँले घटेको छ । यस साता २ दिन (मंगलबार र विहीबार) गरि सुनको मूल्यमा ३६ सय रुपैयाँले घटेको हो । त्यस्तै, यस साता ४ दिन (आइतबार, सोमबार, बुधबार र शुक्रबार) गरि १६ सय रुपैयाँले तोलामा घटेको हो । यसरी यस साता छापावाल सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।

शुक्रबार सुनको मूल्य प्रोतितोला ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार २ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर अर्थात् प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार भने १ सय रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार ३४ सयले घटेर छापावाल सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्