इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्कर चालक पक्राउ « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्कर चालक पक्राउ



काठमाडौं । इन्धन चोरी गरेको आरोपमा दुई जना ट्याङ्कर चालक पक्राउ परेका छन् । इन्धन चोरी गरेको आरोपमा प्रहरीले दुई जना ट्याङ्कर चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चालकहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँका २८ वर्षीय विकेश लामा रहेका छन् ।

उनीहरूलाई पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ ।


प्रतिक्रिया दिनुहोस्