राष्ट्र बैंकद्धारा स्वावलम्बन लघुवित्तको २० % लाभांश स्वीकृत « Arthapath.com
२९ पुष २०७७, बुधबार

राष्ट्र बैंकद्धारा स्वावलम्बन लघुवित्तको २० % लाभांश स्वीकृत



काठमाडौँ । राष्ट्र बैंक लिमिटेडले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल स्वीकृत गरेको छ । बैंकको पुस २७ गते सोमबारको पत्रले स्वीकृति प्रदान गरेको संस्थाले जनाएको छ ।

पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्