२९ पुष २०७७, बुधबार

क्लासिक टेकले सेवाग्राहीका लागि ‘महा छुट अफर’



काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ । हरेक ग्रहक ले रु २ हजार ८ सय १६ देखि रु ४ हजार १ सय ३० क्यास डिस्काउन्ट र २ महिना बोनस पाउने छन् । कम्पनीले यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।

कोरोना भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’दिएको छ ।

सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ । त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ ।

यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवाउपलब्धहुनु हो । तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।

कम्पनीकाअनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनिआई पि टिभी एच डि ९ज्म्० तथा एस डि ९क्म्०नलउपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थपबोनस उपलब्धगरेको छ । जहाँ एक वर्षको योजनामा तपाईले २ महिना निशुल्क बोनस पाउनुहुनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ ।

त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ । यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्