अब वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने « Arthapath.com
१७ असार २०७८, बिहीबार

अब वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने



काठमाडौं । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्डरेमिट बाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिट सँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एप को कारोवार सेक्सनमा गइ सहजै हेर्न सकिन्छ । उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डे बताउछन् ।

वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वादरुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन पाउन र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ । भरपदो सस्तो र छिटो सेवा दिएको कम्पनीको दावी छ ।

वर्ल्डरेमिटबाट खल्ती मा पैसा पठाउनको लागि भने वल्र्ड रेमिट एप लग इन गरि सेन्ड मनि मा ट्याप गर्ने, गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोवाइल मनी ट्रान्फर भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्