एनआईसी एशिया लघुवित्त सबै सूचकमा चम्कियो, प्रतिशेयर आम्दानी ३२.४६ रुपैयाँ, अन्य सूचक कस्ता ? « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

एनआईसी एशिया लघुवित्त सबै सूचकमा चम्कियो, प्रतिशेयर आम्दानी ३२.४६ रुपैयाँ, अन्य सूचक कस्ता ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २२१.४९ प्रतिशत बढेर ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेर १ अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी १८५.४६ प्रतिशत बढेर १ अर्ब ६२ करोड १९ लाख ५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २२९.२० प्रतिशत बढेर ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ ।

लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष २३३.५६ प्रतिशत बढेर ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ, सापटी १६७ प्रतिशत बढेर १५ अर्ब ५९ करोड ७० लाख ५ हजार रुपैयाँ, निक्षेप १८०.२४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ७९ लाख २० हजार रुपैयाँ र कर्जा लगानी १४०.०५ प्रतिशत बढेर १६ अर्ब ८९ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्