चिलिमे जलविद्युत सहित तीन कम्पनीले साधारण सभा सम्पन्न गर्दै « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

चिलिमे जलविद्युत सहित तीन कम्पनीले साधारण सभा सम्पन्न गर्दै



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र याक एण्ड यती होटलले शुक्रबार आ आफ्नो साधारण सभा सम्पन्न गर्दैछन् ।

छिमेक लघुवित्तले मकवानपुर स्थित होटल सामना प्रालिको सभा हलमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश कर सहित कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी चिलिमे जलविद्युत्ले स्काईजोन रेस्ट्रो एण्ड ब्याक्वेट्स धुम्वाराही काठमाडौंमा २५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद कगरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उता आजै याक एण्ड यती होटल लिमिटेडले पनि कम्पनीको ४५ औं वार्षिक साधारण सभा बोलाएको छ । रजिष्टर्ड कार्यालय लालदरबार, काठमाडौंमा अपराह्न ३ बजे आयोजन हुने सभामा सेयरधनीलाई बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव छ । २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेपनि कति प्रतिशत बोनस भने उल्लेख गरिएको छैन ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको छिमेकले पुस ७ गतेदेखि २३ गतेसम्म, चिलिमेले पुस १५ गते देखि २३ गतेसम्म र याक एण्ड यतिले पुस १ देखि २३ गतेसम्म बुकक्लोज गरेको छ ।

बुकक्लोजको आधारमा यसअनुसार छिमेक लघुवित्तको पुस ६ गतेसम्म, चिलिमको पुस १४ गतेसम्म र याक एण्ड यतिको मंसिर २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी लगत पुस्तिकामा कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । याक एण्ड यति होटल नेप्सेमा सूचीकृत भएपनि दशाकौंदेखि कारोबारमा भने छैन ।

सबै कम्पनीका सभाले लाभांशका अथिरिक्त आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्