हिमालयन डिष्टिलरीको नाफा १६.३७ प्रतिशत बढेपनि ईपीएस ३०.७१ रुपैयाँ घट्यो « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

हिमालयन डिष्टिलरीको नाफा १६.३७ प्रतिशत बढेपनि ईपीएस ३०.७१ रुपैयाँ घट्यो



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६.३७ प्रतिशत बढेर ४६ करोड २७ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हिमालयनले उत्पादन बिक्री आम्दानी २२.१३ प्रतिशत बढेर २ अर्ब ९८ करोड ७२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले उत्पादन बिक्री आम्दानी २ अर्ब ४४ करोड ६० लाख ३२ हजार रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११.९६ प्रतिशत बढेर १ अर्ब २ करोड ९० लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ९१ लाख ४२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा १४.५२ प्रतिशत बढेर ६४ करोड ७१ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५६ करोड ५० लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ र जगेडा कोष ४८.४२ प्रतिशत बढेर ७३ करोड १९ लाख १८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा घटेर आम्दानी ६० रुपैयाँ ९५ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आमदानी ९१ रुपैयाँ ६६ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ७३.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्