नेशनल माइक्राेफाइनान्स नऔं वर्षमा, ७७ जिल्लामै सेवा पुर्याउने « Arthapath.com
१८ असार २०७९, शनिबार

नेशनल माइक्राेफाइनान्स नऔं वर्षमा, ७७ जिल्लामै सेवा पुर्याउने



काठमाडाैं । नेशनल माइक्राेफाइनान्स स्थापनाकाे नऔं वर्षमा प्रवेश गरेकाे छ । धादिङमा केन्द्रीय कार्यलय रहेकाे नेेेेशनल माइक्राेफाइनान्सले नेपालकाे ६८ जिल्लामा शाखा विस्तार गरिसकेकाे छ ।

निकट भविष्यमा देेेेशकाे ७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य रहेकाे प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए । स्थापनाकाे छाेटाे अवधिमा १ लाख ४७ हजार ग्राहाककाे विश्वास जित्न सफल नेेेेशनल माइक्राेफाइनान्सले ११ अर्ब २४ कराेड लगानी गरेकाे छ ।

कम्पनीकाे ३ अर्व ०८ कराेड बचत रहेकाे छ । ९९ शाखा सञ्जाल रहेकाे नेशनल माइक्राेफाइनान्सले यसअघि महिला सहयात्रा लघुवित्तलाई अक्वायर गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्