ट्राफिक जरिवाना भुक्तानी गर्दा आइएमई पे बाट १७ खर्ब बढीको कारोबार « Arthapath.com
५ आश्विन २०७९, बुधबार

ट्राफिक जरिवाना भुक्तानी गर्दा आइएमई पे बाट १७ खर्ब बढीको कारोबार



काठमाडौं । हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको ट्राफिक जरिवाना सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ खर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई जानकारी गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आइएमई पेका बस्नेत प्रमुखले उल्लेख गरे ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्