सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्‍यालीको आयोजना « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्‍यालीको आयोजना



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्न लागेको छ ।

यस बैंकले गतवर्ष समेत वातावरण दिवसको दिन पहिलो बृहत साइकल र्‍याली सफलता पूर्वक सम्पन्न गरेको थियो । यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल¥याली, २०८०” को आयोजना गर्न लागेको कम्पनीले जानकारी दिएको छ । “इन्धन जोगाऔं, पृथ्वीबचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल ¥यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनीएवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ ।

यस साइकल र्‍याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंक केन्दि«य कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न हुने कम्पनीले जानएको छ । यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिताएवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदानपुग्ने विश्वास राखेको छ ।

यस ¥यालीमा सहभागी स्वयंले साइकलएवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरि, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल र्‍यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको जानकारी बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्