नेसनल लघुवित्तको सिइओमा राम बहादुर यादव

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ ।
साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा राम बहादुर यादवलाई नियुक्त गरेको हो । कम्पनीले साउन ३० गतेबाट लागु हुने गरी चार वर्षको लागि नियुक्त गरेको छ ।
यसअघि यादव साविक नेसनल माइक्रोफाइनान्सका कार्यकारी अधिकृत रहेका थिए । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त संस्था मर्जर भएर नेसनल लघुवित्तको नाममा एकीकृत कारोबार सुरु भएको हो ।
