फर्स्ट माइक्रोफाइनान्सले कमायो साढे १९ करोड बढी नाफा, वितरणयोग्य नाफा र इपिएस कति ? (विवरणसहित) « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

फर्स्ट माइक्रोफाइनान्सले कमायो साढे १९ करोड बढी नाफा, वितरणयोग्य नाफा र इपिएस कति ? (विवरणसहित)



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साढे १९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । कम्पनी सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ६८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने कम्पनीको नाफा २३.३९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अविधमा कम्पनीले २१ करोड ९० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आवमा ४३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.८७ प्रतिशतले मात्रै बढी हो ।

समिक्षा अवधिमा कम्निीको कुल संचालन आम्दानी ४.१४ प्रतिशतले घटेर ४७ करोड ४७ लाख रुपैयाँ र संचालन नाफा पनि २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको वितरणयोग्य नाफा १७ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले जगेडा तथा कोषमा भने ४३ करोड ४६ लाख ९२ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १७ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको छ । जुन, अघिल्लो आवको तुलनामा घटेको हो ।


प्रतिक्रिया दिनुहोस्