५ लघुवित्तको वित्तीय रिपोर्ट: फर्स्ट माइक्रोफाइनान्स अब्बल, ग्रोथमा आरएसडीसी अगाडि, को कति बलियो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरवण सार्वजनिक गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले प्रकाशित गरेको हुन् ।
बिहीबारसम्म आईपुग्दा पाँच वटा लघुवित्त वित्तीय संस्थाहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी, हिमालयन, गणपति र गुराँस लघुवित्त वित्तीय संस्थाले रिपोर्ट सार्वजनिक गरेका हुन् । विवरण अनुसार कम्पनीहरुको नाफामा संकुचन देखिएको छ ।
विशेषगरि आर्थिक मन्दीका कारण पनि व्यवसाय वृद्धि हुन सकिरहेको छैन, अर्को देशभर लघुवित्त विरुद्ध देशभर भईरहेको आन्दोलनले पनि नाफा लगायतका सूचकमा गिरावट आएको छ । यी कम्पनीहरुले अधिकांश सूचकमा आरएसडीसी अगाडी देखिएको छ । कम्पनी नाफा लगायतका सूचकहरुमा अगाडि देखिएको हो ।
अघिल्लो आवको तुलनामा आरएसडीको सकरात्मक सुधार गरेको छ । यद्यपि, रकमको आधारमा भने फस्ट माइक्रोफाइन्सको धेरै देखिएको छ । तर, ग्रोथका आधारमा भने आरएसडीसी नै अघि देखिएको छ ।
आरएसडीको नाफा बढ्यो, अन्यको घट्यो
पाँच कम्पनीमध्ये आरएसडीसी लघुवित्तको मात्रै नाफा वृद्धि भएको छ । आरएसडीसीले अघिल्लो आवको तुलनामा ५.७ प्रतिशतले नाफा बढाएको छ । गत आवमा कम्पनीले ११ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
तर, रकमको आधारमा भने सबैभन्दा धेरै नाफा फस्र्ट माइक्रोफाइनान्स कम्पनीको देखिएको छ। कम्पनीले गत आवमा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यद्यपि, अघिल्लो आवको तुलनामा भने २३.३८ प्रतिशतले कमी हो ।
समिक्षा अवधिमा हिमालय लघुवित्तले १ करोड ५३ लाख, गणपतिले ७० लाख र गुराँस लघुवित्तले २८ लाख रुपैयाँ नाफा कमाएको हो ।

इपिएसमा फस्र्ट माइक्रोफाइनान्स बलियो
समिक्षा अवधिमा पाँच वटै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) मा गिरावट आएको छ । यद्यपि, प्रतिसेयर आम्दानी अनुसार फस्र्ट माइक्रोफाइनान्स नै अगाडि छ । कम्पनीको यस्तो आम्दानी १७ रुपैयाँ १६ पैसा छ । तर, अघिल्लो आवको तुलनामा भने ९ रुपैयाँ ४९ पैसाले घटेको हो ।
अन्य सूचकमा सुधार गरेको आरएसडीको इपिएस भने झिनो घटेर १२ रुपैयाँ ८४ पैसा कायम भएको छ। यस्तै, हिमालयन लघुवित्तको इपिएस ४ रुपैयाँ ८१ पैसा, गणपति लघुवित्तको ६ रुपैयाँ ८१ पैसा र गुराँस लघुवित्तको २ रुपैयाँ ८१ पैसा रहेको छ।

खुद ब्याज आम्दानी फर्स्ट माइक्रोेफाइनान्स कै अग्रता, अन्यको कस्तो ?
मुनाफा र प्रतिसेयर आम्दानीमा सबै भन्दा अगाडि रहेको फर्स्ट माइक्रोफाइनान्सले खुद ब्याज आम्दानीमा समेत अग्रता कायमै राखेको छ । कम्पनीको खुद ब्याज आम्दानी ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको भन्दा १.१८ प्रतिशतले बढी हो ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद ब्याज आम्दानी गर्ने दोस्रो नम्बरमा आरएसडिसिको २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ, हिमालयन लघुवित्तको २० करोड २३ लाख रुपैयाँ, गणपति लघुवित्तको ११ करोड ५१ लाख रुपैयाँ र गुराँस लघुवित्तको ५ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा गुराँसले घटाउँदा अन्यको भने बढ्यो
चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका पाँच लघुवित्त मध्य खराब कर्जा घटाउन गुराँस लघुवित्त सफल भएको छ । कम्पनीको खराब कर्जा ०.३१ प्रतिशतले घटेर ४.६३ प्रतिशत पुगेको छ ।
गुराँस लघुवित्तले खराब कर्जा घटाएपनि फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा पाँच लघुवित्त मध्य कै कम छ । कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । साथै, क्रमशः आरएसडिसि लघुवित्तको १.२२ प्रतिशत, हिमालयन लघुवित्तको २.३७ प्रतिशत, गणपति लघुवित्तको ४.५२ प्रतिशत रहेको छ ।

प्रतिसेयर नेटवर्थमा फर्स्ट माइक्रोफानान्स बलियो
प्रतिसेयर नेटवर्थको आधारमा पनि फर्स्ट माइक्रोफाइनानस लघुवित्त बलियो देखिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैइाँ ८७ पैसा रहेको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा भने घटेको हो ।
दोस्रो स्थानमा भने हिमलायन लघुवित्त देखिएको छ। हिमालयनको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै, गणपति लघुवित्तको १२९ रुपैयाँ २४ पैसा, आरएसडीसीको १२३ रुपैयाँ ४६ पैसा र गुराँस लघुवित्तको १२० रुपैयाँ २६ पैसा रहेको छ ।

संचालन नाफा कुनको कति ?
रिपोर्ट सार्वजनिक गरेका पाँच लघुवित्त मध्य संचालन नाफामा समेत फर्स्ट माइक्रोफाइनान्सको अग्रता कायमै रहेको छ । कम्पनीको संचालन नाफा २८ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन गत आवको भन्दा २३.४२ प्रतिशतले कम हो ।
त्यस्तै, संचालन नाफा बढीमा भएका संस्था क्रमशः आरएसडिसि लघुवित्तको १५ करोड ९२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको २ करोड १९ लाख रुपैयाँ, गणपति लघुवित्तको ९८ लाख ८८ हजार र गुराँस लघुवित्तको ४४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

चुक्तापुँजी पनि फस्टमाइक्रोफाइनान्सकै धेरै
चुक्ता पुँजीका आधारमा पनि फर्स्ट माइक्रोफाइनान्स बलियो देखिएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ बढी छ ।
यस्तै, आरएसडीसी लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ। यता, गणपति लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र गुराँस लघुवित्तको १० करोड १४ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा पनि फर्स्ट माइक्रोफाइनान्स बलियो, आरएसडीसीले २१ प्रतिशतले बढायो
जगेडा तथा कोषमा पनि फर्स्ट माइक्रोफाइनान्स बलियो देखिएको छ। चालु आवको चौंथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा २५ करोड ३८ लाख रुपैयाँ राखेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले यस्तो कोषको आकार २०.६१ प्रतिशतले बढाएको हो ।
यस्तै, जगेडा कोषको आकार वृद्धिमा भने आरएसडीसी लघुवित्त देखिएको छ। अघिल्लो आवको तुलनामा कम्पनीले जगेडा कोष २१.६ प्रतिशतले वृद्धि गरि ११ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, समिक्षा अवधिमा गणपतिको जगेडा कोषमा ३ करोड ५९ लाख र गुराँस लघुवित्तको भने २ करोड ५ लाख रुपैयाँ रहेको छ।

वितरणयोग्य नाफा कुनको कति ?
चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका पाँच लघुवित्तकम अधिकांश सूचकमा फर्स्ट माइक्रोफाइनान्सको अग्रता देखिएको छ । कम्पनीको वितरण योग्यनाफा समेत सबै भन्दा बढी रहेको छ ।
असार मसान्तसम्मको तथ्याङ्क हेर्दा कम्पनीको वितरण योग्य नाफा १७ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको छ । अन्यको क्रमशः आरएसडिसि लघुवित्तको ८ करोठ ८ लाख १८ हजार रुपैयाँ, गणपति लघुवित्तको ८३ लाख ७९ हजार रुपैयाँ र हिमालयन लघुवित्तको ६० लाख ९८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
