सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड माथि, वितरणयोग्य नाफा र इपिएस कति ? (विवरणसहित)

काठमाडौं । सिद्धार्थ बैंकले सवा तीन अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा ९.९१ प्रतिशतले वृद्धि भई ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको समिक्षा अवधिमा बैंककले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढेको छ, जसले गर्दा खुद नाफा वृद्धि हुन पुगेको हो ।विवरण अनसार बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २३.९७ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी १४.५७ प्रतिशत प्रतिशतले वृद्धि भई १० अर्ब ७ करोड २८ लाख रुपैयाँ र संचालन नाफा ९.८३ प्रतिशतले वृद्धि भई ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहको छ । बैंकले जगेडा तथा कोषमा भने ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ राखेको छ ।
यस्तै, बैंकको खराब कर्जा पनि २.०१ प्रतिशत पुगेको छ। अघिल्लो आवको चौंथो त्रैमासमा बैंकसंग यस्तो कर्जा १.०७ प्रतिशत मात्रै रहेको थियो ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.७६ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको कर्जा लगानी भने ३.०६ प्रतिशतले मात्रै वृद्धि भई १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।