एनआइसी एशिया लघुवित्तको मुनाफा ३० करोड, अन्य सूचक कस्ता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको मुनाफा ३० करोड माथि रहेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको विवरण अनुसार मुनाफा ३० करोड ३० हजार रुपैयाँ रहेको छ ।
उक्त मुनाफा अघिल्लो आवको भन्दा ३०.३९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४३ करोड १० लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा घट्दा नाफा समेत प्रभावित बनेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.४६ प्रतिशतले घटेर १ अर्ब ९ करोड २० लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ५० करोड ५५ लाख २ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको संचालन नाफा २५.९० प्रतिशतले घटेर ४३ करोड २ लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ५८ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष २१.१२ प्रतिशतले बढेर ७१ करोठ १६ लाख २४ हजार रुपैयाँ, वितरणयोग्य नाफा ७५ करोड ६६ लाख ८ हजार रुपैयाँ र खराब कर्जा १.४३ प्रतिशत बाट बढेर ४.६४ प्रतिशत पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५३ पैसाबाट घटेर १७ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा रहेको छ ।