जाल्पा सामुदायिक लघुवित्त ११ करोड ऋणत्मक, अधिकांश सूचक खस्किदो, ईपीएस समेत नोक्सानमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

जाल्पा सामुदायिक लघुवित्त ११ करोड ऋणत्मक, अधिकांश सूचक खस्किदो, ईपीएस समेत नोक्सानमा



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानमा रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी ११ करोड २४ लाख ५२ हजार रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५ करोड ६१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ३१ करोड १७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३५ करोड ३९ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १५ करोड १७ लाख ७८ हजार रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ करोड २८ लाख रुपैयाँ, जगेडा कोष ५०.२३ प्रतिशतले बढेर २१ करोड ४३ लाख ४० हजार रुपैयाँ, सापटी २७.९२ प्रतिशतले घटेर १ अर्ब ३६ करोड ४५ लाख ९७ हजार रुपैयाँ र खराब कर्जा ५.६५ प्रतिशतले बढेर ८.३९ प्रतिशत पुगेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ५२ पैसा ऋणत्मक र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ २५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्