नेशनल लघुवित्तको नाफा साढे २१ करोड, वितरणयोग्य नाफा १६ करोड ७८ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २१ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.३६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.६० प्रतिशतले बढेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८३ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा ४०.३४ प्रतिशतले घटेर ३० करोड ७३ लाख ४७ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त नाफा ५१ करोड ५१ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ, जगेडा कोष बढेर ९६ करोड ३६ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा १६ करोड ७८ लाख रुपैयाँ र खराब कर्जा ३.५३ प्रतिशत रहेको छ ।
यसअवधि प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा रहेको छ ।