अभियान लघुवित्तका अधिकांश सूचक खस्किए, नाफा ९६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणत्मक « Arthapath.com
३ भाद्र २०८०, आईतवार

अभियान लघुवित्तका अधिकांश सूचक खस्किए, नाफा ९६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणत्मक



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले ३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ९६.२३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको मुनाफा ८७ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.५९ प्रतिशतले घटेर ९ करोड ५३ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १० करोड ३१ लाख ६० हजार रुपैयाँ रहेका थियो ।

गत वर्ष कम्पनीको संचालन नाफा ९८ प्रतिशतले घटेर ३ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रूपैयाँभन्दा बढी संचालन नाफा गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ, जगेडा कोष ३ करोड ३७ लाख २८ हजार रुपैयाँ, वितरणयोग्य नाफा १ करोड ९ लाख २५ हजार रुपैयाँ नोक्सानमा र खराब कर्जा ४.८९ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ९५ पैसा रहेकोछ ।


प्रतिक्रिया दिनुहोस्