मुक्तिनाथ विकास बैंकका संचालक रबिन्द्रमान श्रेष्ठले दिए राजीनामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकका संचालक रबिन्द्रमान श्रेष्ठले राजीनामा दिएका छन् ।
२०७६ मंसिर ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट सर्वसम्पत संचालक पदमा निर्वाचित श्रेष्ठले ब्यक्तिगत कारणले राजीनामा दिएका हुन् । उनको राजीनामा भदौ ३१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।