नेभ नेपालको इभि गाडि किन्दा कामना सेवा विकास बैंकले सुलभ ब्याजदरमा कर्जा सुविधा दिने « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

नेभ नेपालको इभि गाडि किन्दा कामना सेवा विकास बैंकले सुलभ ब्याजदरमा कर्जा सुविधा दिने



काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपाल प्रा. लिसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालका तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात नेभ नेपालको विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्