लाभांश पारितका लागि सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोक कहिले ?
काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । असोज ४ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभामा कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने एजेण्डा सभाको कार्य सूचीमा समावेश भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।