कमिसन हेरेर मात्रै सरकारले निजि क्षेत्रलाई कारबाही गर्योः अध्यक्ष ओलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले कमिसन हेरेर मात्रै सरकारले निजि क्षेत्रलाई कारबाही गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्रँग एमाले विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘निजि सम्पत्ति बनाउनेलाई कारबाही खोइ ? कमिसनको लागि मात्र काम भइरहेको छ, कमिसनको खेलमा भाटभटेनीलाई समस्या आएको छ ‘ ओलिले भने ।
अब उद्योगि व्यवसायीहरुको समस्या सुनेर समाधानमा हुने ओलिको भनाइ रहेको थियो । ‘निर्माण व्यवसायीको लागि म्याद थपेर मात्र पुग्दैन’ ओलिले भने, ‘अन्य विकल्प सहितको क्रियाकलाप गर्नु पर्ने छ’