नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान

काठमाडौँ । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ ।
निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको मन्त्री सुदन किराँतीले बताएका छन् । नेपाल वायु सेवा निगमसँग अहिले आन्तरिक उडानमा दुई वटा ट्वीनअटर जहाज छन् ।
यस्तै, निगमले सुगम क्षेत्रमा उडान भर्नको लागि थप दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको बताएको छ । भएकै जहाज पनि सञ्चालन गर्न नसकेकाे निगम अहिले ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । तर मन्त्री किराँतीले निगमको अवस्था सुधारको लागि जहाज अनिवार्य रहेको बताउँदै आउनुभएको छ ।