बजार ९ अकंले बढ्यो, कारोबार पनि १ अर्ब माथि, बैंकिङ र माइक्रोफाइनान्स समूह भने राताम्य « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

बजार ९ अकंले बढ्यो, कारोबार पनि १ अर्ब माथि, बैंकिङ र माइक्रोफाइनान्स समूह भने राताम्य



काठमाडौँ । बजार आज पनि बढेको छ । हिजो दोहोरो अकंले बढेको सेयर बजार आज पनि निरन्तरता पाएको हो ।

लामो समयदेखि खुम्चि रहेको कारोबार रकम पनि वृद्धि भइरहेको छ । ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् देखिन्छन् । साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् ।

सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् ।

बिहिबार बजार ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा सुधार आएपनि आज तीन उपसूचक भने राताम्य छन् । आज बैंकिङ समूहको ०.७२ प्रतिशत, माइक्रोफाइनान्स समूहको प्०.२८ प्रतिशत र अन्य समूहको ०.१० प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज नबिल बैंकको १३ करोड १० लाख र सोनापुरको ९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्