हिमालयन क्यापिटल र सिभिल क्यापिटल एक भई भोलिदेखि एकिकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरेको छ । कम्पनीले प्राप्तिपछि भोलि अर्थात मंसिर १५ गतेदेखि एकिकृत कारोबार गर्ने भएको हो ।
हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन । प्राप्ति सम्बन्धी प्रस्ताव दुबै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए ।
हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साल साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ साल चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।