एनआरएन इन्फ्रास्ट्रक्चरको संस्थापकको सेयरलाई सर्वसाधारण समूहमा परिणत
काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर सरचंना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको सेयरलाई सर्वसाधारण समूहमा परिणत गरेको हो ।
अब कम्पनीको संस्थापक सेयर पनि सर्वसाधारण सेयर सरह कारोबार हुनेछ । कम्पनीको ११ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको थियो ।