निर्धन उत्थानले ऋण नतिर्ने ११० जना ऋणीहरुको नाम सार्वजनिक

काठमाडौँ । निर्धन उत्थान लघुवित्तले ऋण नतिर्ने १११ जना ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ऋण नतिर्नेहरुको नाम सार्वजनिक गरेको हो ।
धितो सुरक्षण राखी सामूहिक जमानीमा कर्जा लिएका ऋणीले ऋण कर्जाको साँवा व्याज लगायत अन्य रकमसमेत संस्थालाई नतिरेको भन्दै ऋण तिर्न ३५ दिनको सूचना जारी गरेको हो ।
पटक– पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत ऋणको कर्जा चुक्ता भुक्तान गर्न कुनै चासो नदेखाएको संस्थाले जनाएको छ । तोकिएको समय भित्र कर्जाको सम्पूर्ण सावा व्याज र अन्य दस्तुर चुक्ता भुक्तानी गर्न कम्पनीले भनेको छ ।
