रिलायन्स फाइनान्स १५औँ वर्षमा, सेवालाई सरल, सहज र विश्वसनीय बनाउने « Arthapath.com
२० मंसिर २०८०, बुधबार

रिलायन्स फाइनान्स १५औँ वर्षमा, सेवालाई सरल, सहज र विश्वसनीय बनाउने



काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड १५औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी मङ्सिर १८ गते गते १४औँ पुरा गरी १५औँ वर्षमा प्रवेश गरेको हो ।

नेपाल राष्ट्र बैकबाट ‘ग‘ बर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी २०६६ मङ्सिर १८ बाट आफ्नो कारोबार सुरु गर्दै आएको फाइनान्सले आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय भई शाखा कार्यालयहरू न्यूरोड काठमाडौँ, सितापाईला काठमाडौँ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके मार्फत सेवा पु¥याउदै आईरहेका छ ।

संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सोक्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूलाई सहयोग गर्ने गरेको छ । वार्षिकोत्सव अवसरमा मानव सेवा आश्रम, रानीवन काठमाडौँमा रहेका आश्रित बृद्धाहरुलाई आवश्यक पर्ने वासीङ्ग मेसिन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले उक्त संस्थालाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो । संस्थाको वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रिय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ सञ्चालन गरी शिविरमा आएका बिरामीहरूको लागि संस्थाले निःशुल्क औषधी तथा चस्मा पनि वितरण गरेको थियो ।

साथै यस उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत यस संस्थाका न्यूरोड शाखा, इमाडोल शाखा, पोखरा शाखा वेशीसहर शाखा, कोहलपुर शाखा, धनगढी शाखा, टाँडी शाखा र भैरहवा शाखाले न्यानो कपडा वितरण गर्ने, स्टेशनरी वितरण, डस्टविन वितरण, युरोगार्ड वितरण तथा मंन्दीरमा कुर्सी वितरण गरी विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेका थिए ।

संस्थाले आफ्नो २२ वटा शाखा मार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई मोबाइल बैङ्किङ मार्फत विभिन्न भुक्तानी सेवा, क्युआर टेलर सेवा, एससिटि नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरुबाट अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दे आएको छ ।

वित्तीय सूचकहरूमा समेत फाइनान्स अब्बल देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफामा ऋणात्मक रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ३९ लाख ४३ हजार रुपैयाँ नाफा गरेको छ । अधिकांश फाइनान्सको खराब कर्जा ७ प्रतिशत माथि रहँदा कम्पनीको खराब कर्जा धने ४.९६ मात्र रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४लाख ५२ हजार रुपैयाँ रहेको छ ।

साथै, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सेवाहरूलाई अझ सरल, सहज र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्ति गरे । उनले आम ग्राहकहरूको विश्वास जित्न फाइनान्स अग्रसर हुने बताए । कम्पनी नेपालका आर्थिक रूपमा पिछडिएका जनतालाई समावेशी र दिगो फाइनान्स सेवाहरू उपलब्ध गराएर जीवनस्तरमा सुधार ल्याउन अग्रसर रहेको छ । कम्पनी गरिब र विपन्न समुदायलाई ग्राहकमैत्री वित्तीय उत्पादन र सेवाहरू प्रदान गर्ने, डिजिटल र परम्परागत माध्यमबाट नेपालको सेवा नपुगेका र सेवा नपुगेका क्षेत्रमा आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने र उत्पादनहरू र सेवाहरू जिम्मेवार र दिगो रूपमा डेलिभरी गर्ने सहयोग गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्