१ हजार ६३ मेगावाटको अपर अरुणको पहुँच मार्गका लागि २ हजार वटा रुख काटिने

काठमाडौँ । अपर अरुण आयोजनाको पहुँच मार्ग निर्माणका लागि २ हजार वटाभन्दा बढी रुख काटिने भएको छ ।
आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका २ हजार वटाभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको झन्डै २१ दशमलव ०८ हेक्टर क्षेत्रफलका २ हजार १ सय ६८ वटा रुख काट्न अनुमति दिएको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण १ हजार ६३ मेगावाट आयोजना हो ।