एनएमबि क्यापिटलले गर्यो लाभांश घोषणा, पुष २९ गते एजिएम « Arthapath.com
१० पुष २०८०, मंगलवार

एनएमबि क्यापिटलले गर्यो लाभांश घोषणा, पुष २९ गते एजिएम



काठमाडौँ । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने भएको हो ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ । सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौँमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्