सिटिजन्स बैंकद्वारा काठमाडौँ इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग « Arthapath.com
१३ पुष २०८०, शुक्रबार

सिटिजन्स बैंकद्वारा काठमाडौँ इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँ इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो ।

सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

एक समारोहका बीच बैंकले रू एक लाख एकाउन्न हजार बराबरकोे चेक कार्यक्रम डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्