मिर्मिरले लघुवित्तले दियो २ लाख ५० हजार बीमा दावी भुक्तानी

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा दावी भुक्तानी बापत २ लाख ५० हजार रुपैयाँ रकम दिएको छ । कम्पनीको बनेपा शाखा कार्यालयले सो बराबरको बीमा दाबी रकम भुक्तानी गरेको हो ।
शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्यू पश्चात कर्जाको म्यादी जीवन बीमावापत निजको श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम २ लाख २५ हजार रुपैंया दाबी भुक्तानी गरेको हो ।
संस्थाले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसंग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले चेक मार्फत हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी बोहरा संगै कर्जा तथा असुली विभाग प्रमुख राजेश श्रेष्ठ, शाखा प्रमुख ललिता पौडेल तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । दाबी भुक्तानी लिने क्रममा बीमा गरेको कारणले संस्थासंग लिएको कर्जाको व्ययभार परिवारमा नपरेकोले संस्था तथा बीमा कम्पनी प्रति आभारी रहेको भुवन थापाले बताए ।