इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा एएमएल सिएफटि तालिमा सम्पन्न « Arthapath.com
११ माघ २०८०, बिहीबार

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा एएमएल सिएफटि तालिमा सम्पन्न



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मधेस प्रदेश अन्र्तगतका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई एएमएल सिएफटि र क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

साथै उहाँले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले प्रशिक्षित गरे ।

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने विमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रम विनायक होटल वर्दिवास महोत्तरीमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्