व्यवसायीसँग समृद्धि फाइनान्सको अन्तरक्रिया « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

व्यवसायीसँग समृद्धि फाइनान्सको अन्तरक्रिया



काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गैर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभांशित हुन सक्ने सेवा सुविधाहरु तथा वित्तिय परामर्शको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो ।

उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराईएको सुविधाहरुको पूर्ण सदुपयोग गर्ने सम्बन्धि अन्तरक्रिया गर्दै व्यवसायीहरुसँग अझ प्रगाड सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरुलाई मुख्य विषय बनाएको थियो ।

३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्