सि.जी. ब्राण्डको डिलर मिट सौराहमा « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

सि.जी. ब्राण्डको डिलर मिट सौराहमा



काठमाडौं । नेपाल ठूलो र नं. १ ब्राण्ड सिजीले यहि फाल्गुन १४ गते दिन सौराह स्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मीट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियाका सम्पूर्ण डिलरहरुलाई निमन्त्रणा गरि कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रममा सिजीका भाईस प्रेसिडेन्ट एससि साबु र बियु यच धर्मेन्द्र जोशीले दिप प्रज्जवलन गरि कार्यक्रम सुरु गरेका थिए ।

सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे । कार्यक्रममा ७० जना भन्दा बढि डिलरका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो । सिजी ब्राण्डका घरायसी सामाग्रीहरुको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरुको जानकारी एवंम आउदै गरेको सामानहरुको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बतायो ।

कार्यक्रमा चौधरी ग्रुप लगायत सिजी बाण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र बाण्डको बारेमा जानकारी दिइएको थियो । साथै बिभिन्न क्षेत्रका डिलरहरुलाई बिभिन्न अवार्डहरु बितरण गरि हौसला प्रदान गरिएको थियो ।

क्रार्यक्रममा सिजी बाण्डले यूएचडि र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलर महानुभावहरु बिच लन्च ग¥यो ।

आफ्ना सम्पूर्ण डिलरहरुलाई आउँदा दिनहरुमा अझै राम्रा राम्रा सामानहरु र आकर्षक योजनाहरु पनि ल्याउने जानकारी दिदै सेल्स हेड हरिचन्द्र अर्याल र सिजी सेल्सका डिजीएम शैलेन्द्र झाले बाँचा गर्नुका साथै सिजीका मार्केटिङ मेनेजर गौरब हमालले आफ्ना डिलरहरुलाई हौशला प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस्