मर्जरपछि सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन: सिइओ बने पोखरेल, संचालकमा कोको आए ? « Arthapath.com
२८ फाल्गुन २०८०, सोमबार

मर्जरपछि सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन: सिइओ बने पोखरेल, संचालकमा कोको आए ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नन्द कुमार महर्जन चयन भएका छन् । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा मर्ज भएको हो ।

यी दुवै कम्पनीले गत बिहीबार (फागुन २४ गते) देखि सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार थालनी गरेका छन् । मर्जपछि बनेको कम्पनीको अध्यक्षमा महर्जन चयन भएका हुन् ।

यस्तै, कम्पनीको संचालकमा संस्थापक समूहबाट राजेश्वर अधिकारी, भुपेन्द्र श्रेष्ठ र पुष्पराज श्रेष्ठ पनि चयन भएका छन् ।यस्तै, सर्वसाधारण समूहबाट नविन शर्मा र निर्मला नेपाल चयन भएका छन् ।

स्वतन्त्र संचालकमा भने तिर्थरत्न कोनाजो चयन भएका हुन् । संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भने दिलिप कुमार पोखरेल नियुक्ति भएका छन् ।


प्रतिक्रिया दिनुहोस्