गोखार्ज फाइनान्सको देशभर वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

गोखार्ज फाइनान्सको देशभर वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । गोखार्ज फाइनान्सको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

झण्डै १ हजार विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल छन् । वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै जाने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले बताए । उनले समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरिने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्