डिलाइट टेलरीङ सेन्टरमा समृद्धि फाइनान्सका ग्राहकहरुलाई भारी छुट « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

डिलाइट टेलरीङ सेन्टरमा समृद्धि फाइनान्सका ग्राहकहरुलाई भारी छुट



काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरिङ सेन्टरले भारि छुट दिने भएको छ । बैशाख १३ गते डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको हो ।

उक्त समझदारी अन्तर्गत फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा चिप्स प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घले ले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्