समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण



काठमाडौं । समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण गरेको छ । कम्पनीले बैशाख २६ गते बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये वनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थिलाइ कापी र कलम बाँडिसकेको छ ।

साथै बैशाख महिना भित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसका साथै मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्