प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकद्वारा व्याग वितरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ ।
वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत क्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।
सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको सँगै व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्थ रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।