आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच नगदरहित (क्यासलेस) सेवा सम्झौता भएको छ ।
जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकलसँग आइजीआईले सेवा प्रदानका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा आइजीआईका तर्फ नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र केयर मेडिकलका तर्फ संचालक राहुल सिंघानियाले हस्ताक्षर गरेका छन् ।
अब आइजीआईबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म केयर मेडिकलबाट नगद रहित हिस्पटलाइजेशस प्राप्त गर्न सक्नेछन् ।