४.३ मेगावाटको फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ऋण लगानी गर्ने, यो वर्ष नै आइपीओ ल्याउने तयारी « Arthapath.com
१७ असार २०८२, मंगलबार

४.३ मेगावाटको फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ऋण लगानी गर्ने, यो वर्ष नै आइपीओ ल्याउने तयारी



काठमाडौं । ४.३ मेगावाटको फेदीखोला जलविद्युत आयोजनामा लगानी जुटेको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा निर्माण भईरहेको सो आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको हो ।

उक्त आयोजनामा ऋण लगानी गर्न फेदीखोला हाईड्रो पावर कम्पनी र राष्ट्रिय बाणिज्य बैंकका बिच बिहीबार सम्झौता भएको छ ।

सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।

उक्त आयोजनाको कुल लागत ९४ करोड रहेको छ । आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीले यही वर्षनै आइपीओ निष्कासन गर्ने तयारी समेत गरेको छ ।कम्पनीले स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन गर्ने लक्ष्य लिएको हो ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोजनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ । सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्