नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु, महासचिवमा खड्का,को-को आए कार्य समितिमा ?

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् । शनिबार सम्पन्न २०औं साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा मारु अध्यक्षमा चयन भएका हुन् ।
संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् । संघको महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
संघका सदस्यमा तेन्जिङ लाक्देन तामाङ, निपेश तायल, विष्णु अग्रवाल शोभाकर न्यौपाने, केशवप्रसाद उप्रेती, आदित्य सांघई, नन्दी केशर पौडेल, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । यता, राजनकुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।
यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।