ब्रम्हचारी दामोदरानन्द कलेजमा कामना सेवा बैंकको वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
१३ भाद्र २०८१, बिहीबार

ब्रम्हचारी दामोदरानन्द कलेजमा कामना सेवा बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो । उक्त साक्षरता कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जय कुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।


प्रतिक्रिया दिनुहोस्