नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश दिने, पारित गर्न बोलायो साधारण सभा « Arthapath.com
२८ भाद्र २०८१, शुक्रबार

नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश दिने, पारित गर्न बोलायो साधारण सभा



काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो बराबरको लाभांश दिने भएको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी असोज २० गते सभा गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल गरि पारित हुनेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानहरुमा संशोधन गर्ने अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव सभामा पेश हुनेछ ।

यसका साथै चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्