आगामी तीन दिन हवाई भाडा नबढाउने निर्णय, न्युनतम मूल्यमै टिकट उपलब्ध गराइने « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

आगामी तीन दिन हवाई भाडा नबढाउने निर्णय, न्युनतम मूल्यमै टिकट उपलब्ध गराइने



काठमाडौं । आगामी तीन न्युनतम बिन्दुमै हवाई टिकट उपलब्ध गराउने भएका छन् । एयरलाइन्स कम्पनीहरुले प्राकृतिक विपत्तिको घडीमा आन्तरिक तर्फ उडानमा टिकटको मूल्य नबढाउने निर्णय गरेका हुन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीका अनुसार भोलिदेखि तीन दिनसम्म हवाई भाडा वृद्धि हुने छैन । भोलि अर्थाते असोज १४ गते सोमबार, मंगलबार र बुधबार नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बिक्री गर्ने सहमति भएको हो ।

यसअघि बाढी पहिरोका कारण राजमार्गहरु ठप्प भएपछि एयरलाइन्स कम्पनीहरुले आन्तरिक उडानको टिकट उच्च महँगीमा बिक्री गरेका थिए । तर, चौतर्फी विरोध भएपिछ आगामी तीन दिन न्युनतम बिन्दुको मूल्यमै टिकट उपलब्ध गराउने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्