सानिमा लिमिटेडको लाभांश घोषणा, आईपीओ पनि जारी गर्ने

काठमाडौं । सानिमा लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको छ ।
कम्पनीले लाभांश पारित गर्न साधारणसभा समेत आह्वान गरेको छ । यस कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले आईपीओ निष्काशन समेत गर्ने भएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् ।