प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभू ग्रुपको डेढ करोड सहयोग « Arthapath.com
२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभू ग्रुपको डेढ करोड सहयोग



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभू ग्रुपले डेढ करोड बढी आर्थिक सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद देवीप्रसाद भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

अध्यक्ष भट्टचनसँगै प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय विपदको दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहत कार्यका लागि पुर्याउन प्रभु ग्रुपले सहयोग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्